• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

यी हुन् झुण्डिएको अवस्थामा मृत फेला परेका बैङ्कका कर्मचारी


  • धनकुटा खबर
  • .

छविलाल पाण्डे /बुटवल, पुस २ गते । बुटवलको साइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कमा कार्यरत कर्मचारी बुटवलको फूलबारीमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाका अनुसार बुटवलको फूलबारीस्थित मणिमुकुन्द सेन उद्यानको रुखमा प्रकाश शर्मा आज झुण्डिएको अवस्थामा बिहान फेला पर्नुभएको हो ।

फुलवारिको एक रेष्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केही बेरपछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी घटना स्थल पुगेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख थापाले बताउनुभयो । शर्मा बुटवलको ट्राफिक चोकमा रहेको बैङ्कको कर्जा शाखामा कार्यरत हुनुहुन्थ्यो ।-गोरखापत्र अनलाइन

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖