• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कैलास एअरको हेलिकप्टर दुई हप्तादेखि सोलुखुम्बुमा ग्राउण्डेड


  • धनकुटा खबर
  • .

सोलुखुम्बु – सोलुखुम्बुको स्याङ्बोचे विमानस्थलमा कैलास एअरको एउटा हेलिकप्टर ग्राउण्डेड भएको छ । इन्जिनमा खराबी आएकाले हेलिकप्टर करिब दुई हप्तादेखि ग्राउन्डेड भएको कैलास एअरले जनाएको छ ।

सिलिङ उडानमा रहेको कैलासको नाइन एन–एएमटी हेलिकप्टर स्याङ्बोचे विमानस्थलमा ग्राउण्डेड भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख उमेशकुमार पन्थीले बताउनु भयाे ।

इन्जिनमा खराबी आएको र त्यसको पार्टपुर्जा नपाएका कारण हेलिकप्टर रोकेर राख्नु परेको जवाफ कम्पनीले दिएकाे प्रमुख पन्थीले बताउनुभयो । हेलिकप्टर खुम्बु क्षेत्रमा खाद्यान्न तथा अन्य सामग्रीहरु ढुवानीका लागि प्रयोग हुँदै आएको छ।

खुम्बु क्षेत्रमा यतिखेर पर्यटक सिजन नभएकाले प्राय: सुनसान नै बनेको छ । विश्वको सबैभन्दा अग्लो ठाउँमा रहेकाे स्याङ्बोचे विमानस्थलमा लामो समयदेखि हेलिकप्टरहरुले मात्रै उडान भर्दै आएका छन्। यो विमानस्थल समुद्री सतहबाट करिब ३ हजार ७ सय मिटरको उचाइमा रहेकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖