• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

नेपालमा लगानी गर्न हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भयो : अर्थमन्त्री महत


  • धनकुटा खबर
  • .

१० पुस, चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । लगानीको वातावरण बिथोल्न खोजिए पनि त्यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनले दाबी गरे ।

आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अर्थमन्त्री डा. महतले अर्थतन्त्रका सूचक सकारात्मक देखिएको र नेपालमा लगानी गर्न हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको दाबी गरे ।

‘नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ,’ अर्थमन्त्री डा. महतले भने, ‘यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्यांकले देखाएको छ ।’ उनले नेपालमा निर्धक्क भएर लगानी र खर्च गर्न आग्रह गरे ।

प्रतिफल प्राप्त हुने उद्योगमा खर्च गर्ने सरकारको नीति रहेको बताउँदै उनले भने, ‘लगानी गर्नेहरूको आत्मविश्वास बढेको छ, नियोजित प्रचार गर्नेको नियत सबैले बुझेका छन्, लगानी गर्दा पहिचान गरेर लगानी गरौँ भन्ने सन्देशका साथ अघि बढे भविष्य सुन्दर छ ।’

सेयरबजार माथि उठ्दै गएको, घरजग्गा कारोबारमा सुधार आएको, विदेशी मुद्रा सञ्चिति सन्तुलित रहेको र विप्रेषण पनि सकारात्मक रहेकाले अर्थतन्त्र सुधारोन्मुख रहेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖