• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

किस्ट अस्पताल भन्छ: ‘मृत्यु भएका सुजनलाई गोली लागेको छैन, छातीमा नीलडाम छ’


  • धनकुटा खबर
  • .

बालकुमारी झडपमा मृत्यु भएका सुजन राउतलाई प्रहरीको गोली नलागेको किस्ट अस्पतालले जनाएको छ।

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा अचेत अवस्थामा भेटिएर अस्पताल पुर्‍याइएका राउतलाई प्रहरीको गोली नलागेको अस्पतालका सिइओ अमिश पाठकले जानकारी दिए।

उनले भने, स्थानीयहरूले राउतलाई अचेत अवस्थामा अस्पताल ल्याउनु भएको थियो। सडकमा अचेत भएको अवस्थामा फेला परेपछि स्थानीयले उठाएर १२ः४० मा अस्पताल ल्याएका थिए भने १ः१७ मा उहाँको निधन भएको थियो। उहाँको शरीरमा गोली लागेको देखिँदैन।

छातीमा भने नीलडाम देखिएको छ। के कारणले मृत्यु भयो पोस्टमार्टम गरेपछि मात्र थाहा हुन्छ। -नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖