• Sunday 4th of October 2026

आज नेपाल र भारतबीचको खेल हेर्न २ बजेपछि विद्यालय बिदा


  • धनकुटा खबर
  • .

एसिया कप क्रिकेटअन्तरगत आज हुने नेपाल भारतबीचको खेल हेर्न जनकपुरका विद्यालय आधा दिन बन्द गर्न आग्रह गरिएको छ ।

उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सामुदायिक तथा संस्थागत सबै विद्यालय दिउँसो २ बजेपछि बन्द गर्न आग्रह गरेको हो ।

‘जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गत राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एसिया कपमा नेपाल र भारतसँग हुने खेलमा नेपाल गौरवान्वित महसुस गरेकोले टिमको हौसला बढाउन मिति २०८०।०५।१८ गतेका दिन २ बजे पछि कुनै पनि कक्षा सञ्चालन नगरी बिदा गरिदिनुहुन आदेशअनुसार अनुरोध छ’, उपमहानगरका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖