• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रुसी सेनामा भर्ती भई युद्धका क्रममा घाईते भएका धादिङका योग गिरीलाई तत्काल उद्धार गरी स्वदेश फर्काइदिन सरकारसमक्ष परिवारको माग


  • धनकुटा खबर
  • .

काठमाडौं । रुसी सेनामा भर्ती भई युद्धका क्रममा घाइते भएका धादिङ त्रिपुरासुन्दरीका योग गिरीलाई तत्काल उद्धार गरी नेपाल फर्काइदिन गिरीको परिवारले सरकारसमक्ष माग गरेको छ ।

रूस-युक्रेन युद्धमा परि घाइते अवस्थामा रूस नियन्त्रित युक्रेनी भुमि काडिभ्का केन्द्रीय सिटी अस्पतालमा उपचाररत त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १,सल्यानटार,धादिङ निवासी योग गिरी (राम) को उद्धार तथा स्वदेश फिर्ता गर्न परिवारले आग्रह गरेको हो ।

अहिले उनी अस्पतालमा छन् । तर, आगामी जनवरी ७ मा हस्पिटलबाट डिस्चार्ज गरेर फेरि युद्धमा लग्न लागेको सूचना परिवारले पाएको छ । गिरीले आफूलाई जनवरी ७ भन्दा अघि नै उद्धार गर्न गुहार मागेका छन् । अहिले गिरीसँग आफुले लगाएको कपडाबाहेक केही पनि छैन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖