• Sunday 4th of October 2026

विद्यालयबाट फर्कँदा खोलाले बगाएर दाजु बहिनीको मृत्यु


  • धनकुटा खबर
  • .

रुकुम । रूकुम पश्चिममा खोलाले बगाउँदा एकै घरका दाजु बहिनीको मृत्यु भएको छ ।

चौरजहारी नगरपालिका वडा नम्बर ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको आइतबार अपराह्न ४ बजे विद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार उनीहरूलाई स्थानीय नाउलाखोलाले बगाएको हो । मनोजको शव १५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको उनले बताए ।

उनीहरू आधारभूत विद्यालय घर्तिकाँडामा कक्षा ३ र कक्षा १ मा अध्ययनरत थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖