• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बालकुमारी घटनामा युवाको मृत्यु प्रकरण : दैलेखमा पनि आन्दोलन


  • धनकुटा खबर
  • .

सुर्खेत । शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएपछि शनिबार दैलेखमा पनि सरकारविरुद्ध आन्दोलन सुरु भएको छ ।

जिल्ला सदरमुकाममा विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा युवाहरुको समूहले सरकारविरुद्ध नाराजुलुस गरेका हुन् ।

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सुजनसँगै अछामका वीरेन्द्र शाहको पनि मृत्यु भएको थियो ।

आन्दोलनकारीले हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन भन्दै सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् ।

उनीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा समेत माग गरिरहेका छन् ।

सदरमुकामको गणेश चोकदेखि लोकतान्त्रिक चोकसम्म उनीहरुले आन्दोलन गरिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖