• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बुवाको निधन पछि लागेको ऋण चुक्ता गर्न कोरिया जाने तयारी गर्दा प्रहरीको गोली खाएर मर्नु पर्दा ….


  • धनकुटा खबर
  • .

उनको नाम हो सुजन राउत।
बुवाको निधन पछि लागेको ऋण चुक्ता गर्नका लागि उनी कोरिया जाने तयारी मा थिए।

उनको सपना अब सपना मात्रै रहने भयो उनी सदाका लागि अस्ताए कहिले पनि नआउने गरी
उनका बुवाको गत बर्स मात्रै निधन भएको थियो ब्रेन ट्युमर का कारण । ऋण लागेपछी घर को सबै पारिवारिक जिम्मेवारि उठाएका राउत अब कहिले पनि जिम्मेवारी पूरा गर्न नसक्ने गरि अस्ताएका छन।
महाबु गाउपलिका ६ रानीवनका स्थानीय भक्त बहादुर राउत र नन्द कुमारी राउत का जेठा छोरा सुजन गएको २ महिना देखि काठमाडौ मा बसेर EPS परिक्षा को तयारी गरिरहेका थिए ।

नेपाल मा काम पाउन कठिन भएपछी कोरिया जाने तयारी मा रहेका राउत ३ बर्से ओभरसियर पढेर नेपालमा रोजगारीका लागि धेरै प्रयास गरे तर काम पाएनन।

सुजन को मृत्यु को खबर ले रानीबन गाउपालिका यतिबेला स्तब्ध बनेको छ।
सुजन को घर मा आमा र एक भाइ छन
सुजन घरको जेठो छोरो र घर धान्ने एउटा छोराको अप्रिय खबरले आमा नन्दकुमारि बेहोसी हालत मा छन् ।

गोली चल्यो !
ऊ ढल्यो।
सुन्दर सपनाको खोजीमा
देशमा भविष्य नदेखेर
विदेशिने सपनाको रोजीमा।
बाआमाको आशाको त्यान्द्रो च्यातियो।
भाईहरुको रङ्गीन सपना मधुर भयो।
दिदीबहिनीको माइती रित्तियो।
संगै जीवन बिताउला भन्ने सोचेको
प्रेमिकाको वाचा सकियो।
घरको जग भाँचियो।
कहिलै नउठ्ने गरी
परिवारको भरोसा सकियो।
वर्षौसम्मको खुसी रोकियो।।

आखिर विदेश जानकै लागी युवा मर्न तयार हुन्छन्
भने यो देश के को लागी
सामाजिक सन्जालबाट साभार

बुबालाई भारतमा मजदुरी गर्नबाट रोक्न कोरिया जाने तयारीमा थिए बिरेन्द्र शाह । बुवाले जिन्दगी भर भारतमा रोजगारी गरेर पढाएको कान्छो छोरालाई कोरिया पठाएर आफु भारतको रोजगारीबाट छुटकरा पाउन चाहन्थे तर आज सपना चकनाचूर भएको छ । बिरेन्द्रका बुवा आज नै गाउँमा कसैको मृत्यु भएर घाट पुगेका थिए सोहि समयमा बालकुमारीमा छोराको गोली लागेर मृत्यु भएको खबर पाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖