• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

४ वर्षपछि ६४ जना नेपालीलाई तलब लिन मलेसियाले बोलायो


  • धनकुटा खबर
  • .

काठमाडाैं । मलेसियाको २ कम्पनीले ४ वर्षपछि ६४ जना नेपाली कामदारलाई तलब लिन बोलाएको छ । कोरोना बेला नेपाल आएका नेपालीहरुलाई कम्पनीले तलब लिन बोलाएको हो ।

६४ जना नेपाली कारोना महामारीको कारण पुनः मलेसिया काम गर्न जान पाएका थिएनन् । ती नेपालीले २०१४ देखि काम गर्दै आएका थिए ।

मलेसियाको भेन्चर गु्रप अन्तर्गत २ कम्पनीमा काम गर्ने ६४ जना नेपालीलाई तलब लिन बोलाएको हो । कोरोनाको कारण नेपाली कामदार तलब भुक्तानी बाँकी नै राखेर नेपाल आएका थिए ।

मलेसियन कम्पनीले मलेसियास्थित नेपाली राजदूतावासलाई समन्वयका लागि अनुरोध गरेका थिए । कामदारलाई राहदानी नम्बर, सम्पर्क नम्बर, श्रमिकको हालको ठेगाना र श्रमिकको बैंकको खाता नम्बर सहित सम्पर्कमा आउन भनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖