• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

उद्योगको लाइन काटिएपछि किलोमै ६ रूपैयाँले बढ्यो डण्डी


  • धनकुटा खबर
  • .

बजारमा डण्डीको मूल्य प्रतिकिलो ५ देखि ६ रूपैयाँले बढेको छ। १० दिनमै डण्डीको मूल्य प्रतिकिलो ६ रूपैयाँसम्मले बढेको नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंले जानकारी दिएको छ।

सरकारले विद्युतको बक्यौता बाँकी रहेको भन्दै केही उद्योगको बिजुलीको लाइन काटिदिएको छ। लाइन काटिएपछि धेरैजसो उद्योगले उत्पादन रोकेका छन्। बजारमा सामान उत्पादन भएपछि मूल्य बढेको हो।

हाल बजारमा डण्डी प्रतिकिलो ९८ देखि ९९ रूपैयाँमा बिक्री भइरहेको छ। यसअघि भने प्रतिकिलो ९२ देखि ९३ रूपैयाँमा बिक्री भइरहेको थियो।
संघका अनुसार उद्योगीले केही समयअघि सिमेन्टको मूल्य पनि प्रतिबोरा एक सय रूपैयाँले बढाएका थिए। तर, व्यवसायीले बढेको मूल्यमा सिमेन्ट खरिद नगरेपछि उद्योगीले मूल्य घटाएका छन्।

हाल बजारमा सिमेन्टको मूल्य प्रतिबोरा ६ सय ५० देखि ७ सय ५० रूपैयाँ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖