• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

छानबिनमा दोषी देखिएकालाई कारबाही गर्छौं : गृहमन्त्री


  • धनकुटा खबर
  • .

१६ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा उच्चस्तरीय छानबिनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार भएको छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले प्रारम्भिक रुपमा कमजोरी देखिएकाहरुलाई निलम्बन गरेको बताए ।

घटना सामान्य नभएको, तर प्रधानमन्त्री दोलखा भएकाले घटना भएकै दिन मन्त्रिपरिषद् बस्न नसक्ने भएपछि गृह मन्त्रालयले छानबिन समिति बनाएको उनले सुनाए ।

सोमबार सरकारले उच्चस्तरीय आयोग बनाएको भन्दै उनले भने, ‘सबै पक्षमा छानबिन गर्नेछ, दोषीलाई कारबाहीको दायरामा ल्याउने छौं ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖