• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बालकुमारीमा मारिएका दुई युवाको शव हेलिकोप्टरमार्फत गृह जिल्ला लगियो


  • धनकुटा खबर
  • .

काठमाडौँ – शुक्रबार बालकुमारीमा मारिएका दुई युवाको शव सेनाको हेलिकोप्टरमार्फत गृह जिल्ला लगिएको छ।
सोमबार सरकार र पीडितबीच चार बुँदे सहमति भएपछि शव बुझ्न तयार भएका हुन्।

प्रहरीसँगको झडपका क्रममा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। ललितपुरको बालकुमारीमा इपिएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका प्रहरीसँग झडप हुँदा घटना भएको थियो। उत्जेजित भीडले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी लगाएका छन्।

रावत र शाहको शव नेपाली सेनाको ुस्काई ट्रकु मा राखेर लगिएको हो। सरकारले पीडित परिवारलाई तत्काल १० लाख राहत र थप आर्थिक राहत दिने सहमति गरेको छ। त्यस्तै पीडित परिवारका एक एक जना सदस्यलाई राजगारी दिने सहमति सोमबार भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖