• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका युवकको शव लगाइयो परिवारको जिम्मा


  • धनकुटा खबर
  • .

काठमाडौं । बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका युवक शव परिवारको जिम्मा लगाइएको छ ।

मंगलबार दिउँसो दैलेखका सुजन रावतको शव नेपाली सेनाको हेलिकप्टरमार्फत उनको घर पुर्‍याइएको छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले रावतको शव परिवारलाई जिम्मा लगाइएको र अन्त्येष्टिको तयारी भइरहेको बताए ।

बालकुमारी घटनामा नै प्रहरीको गोली लागेर मृत्यु भएका अछामका वीरेन्द्र शाहको शव पनि मंगलबार नै परिवारलाई जिम्मा लगाउने तयारी छ ।

अछाममा प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार वीरेन्द्रको शव सुर्खेतसम्म ल्याइएको छ र केहीबेरमा अछाम ल्याउने तयारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖