• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रियसभामा गण्डकीबाट एमालेका ९ जना उम्मेदवार सिफारिस


  • धनकुटा खबर
  • .

१८ पुस, पोखरा । आगामी राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट नेकपा एमालेले ९ जनालाई उम्मेदवार सिफारिस गरेको छ ।

बुधबार बसेको एमालेको गण्डकी प्रदेश कमिटी बैठकले अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बाग्लुङका मोहनलाल शर्मा र म्याग्दीकी ममतादेवी शर्मा उपाध्यायलाई सिफारिस गरेको ।त्यस्तै अपांग, अल्पसंख्यकबाट कास्कीका मेघराज शर्मा, मुस्ताङका हेमन्त शेरचन र गोरखाकी मीना बरामको नाम सिफारिस गरेको छ ।

महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्ककीकी सगुन गुरुङ र स्याङ्जाकी ईश्वरी सिग्देल अर्यालको नाम केन्द्रीय कमिटीमा पठाइएको गण्डकी प्रदेशका एक पदाधिकारीले जानकारी दिए ।

माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । गण्डकी प्रदेशमा ३ पदका लागि निर्वाचन हुनेछ । गण्डकी प्रदेशबाट निर्वाचित राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिना, सदस्य दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल फागुन २० गते सकिँदैछ ।राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट निर्वाचित भएका हुन । पन्थ कांग्रेसबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖