• Sunday 4th of October 2026

आज २ बजेपछि क्रिकेट हेर्न वीरगञ्ज महानगरले दियो सार्वजनिक विदा


  • धनकुटा खबर
  • .

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाले एसिया कप क्रिकेट प्रतियोगिता हेर्न सोमबार २ बजेपछि सार्वजनिक विदा दिएको छ ।

महानगरका अधिकृत हरि राउतले क्रिकेट हेर्नकै लागि महानगरपालिका अन्तर्गत अत्यावश्यक सेवाहरु बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने सूचना जारी गरेका हुन् ।

सूचनामा भनिएको छ, ‘क्रिकेट खेलप्रतिको भावना अभिवृद्धि गर्न तथा एसिया कपमा नेपाल सहभागी भई गौरवान्वित महसुस गरेकोले नेपाली क्रिकेट टोलीको हौसला बढाउन २ बजेदेखि अत्यावश्यक सेवाहरु वाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिनेछ । ’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖