• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सर्लाहीमा प्रहरीले गोली चलायोः १ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि भन्दै प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । गोली लागेर मृत्यु हुनेमा बरहथवा–५ का जयशंकर शाह रहेको मृत्यु भएको प्रहरीले जनाएको छ । बरथहवा नगरपालिका मेयरको घरमा आगजनी गरेपछि शुक्रवार गोली चलाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपेन्द्र पञ्जियार थारूले लोकान्तरलाई बताए ।

स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्याकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो । ‘मेयरसाबको घरमा पनि आगजनी भएको छ । ७ जना प्रहरी पनि घाइते भएका छन्,’ प्रवक्ता पञ्जिायरले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖