• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बोराभित्र भेटिएका दुवै शवको सनाखत संगै हत्यारा पनि पक्राउ


  • धनकुटा खबर
  • .

चितवन— चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ स्थित मिलनचोकमा गत मंसिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिला दुवै भारतीय नागरिक हुन् । उनीहरूको हत्या पनि भारतीय नागरिकले नै गरेको चितवन प्रहरीले जनाएको छ ।

भारत मोतिहारीका उनीहरु चितवनको भरतपुरमा व्यापार गरेर बस्ने गरेका थिए । उनीहरूको हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरी कल्भर्ट मुनि फालिएको अवस्थामा शव भेटिएको थियो ।

शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरूको स्केच सार्वजनिक गरेको थियो ।

घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको विशेष टोली नै लामो समयदेखि भरतपुरमा बस्दै आएको छ । उनीहरूले भारतीय प्रहरीसँग पनि समन्वय गर्दै हत्याको अनुसन्धान गरेका थिए ।

शवको ३ हप्ता अघि नै पहिचान खुले पनि प्रहरीले हत्यारा पक्राउ नपरेका कारण सार्वजनिक गरेको थिएन । अहिले हत्यारालाई भारतबाट नै पक्राउ गरिएको चितवन प्रहरीका एक अधिकृतले बताए । शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

महिलाका श्रीमानले भरतपुर महानगरपालिका वडा नं. ९ बसपार्क नजिकै दुवै जनाको हत्या गरेको प्रहरीको भनाइ छ । हत्याको कारण विवाहेत्तर सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖