• Tuesday 6th of October 2026

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दश जना घाइते..


  • धनकुटा खबर
  • .

काठमाडौं । अष्ट्रेलियाको ग्रेट व्यारियर रिफस्थित टापुमा सोमबार विमान दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

सोमबार बिहान १० जना सवार विमान केअर्सको लागि उडेको केही समयपछि ब्रिसबेनबाट करिब १६ सय किलोमिटर उत्तर पश्चिममा रहेको लिजार्ड आइल्याण्डको धावनमार्गमा फर्किरहेको अष्ट्रेलियाली पत्रिकाले जनाएको छ ।

आरोहणका क्रममा टाउन्सभिल एयरलाइन्सद्वारा सञ्चालित सेस्ना २०८ को इञ्जिनमा प्राविधिक समस्या भएको संकेतपछि चालकले ‘लिजार्ड आइल्याण्ड’मा फर्कने प्रयास गरेको अष्ट्रेलियाको यातायात सुरक्षा ब्यूरोका प्रमुख आयुक्त एङ्गस मिचेलले बताए ।

विमानमा सवारलाई गम्भीर चोटपटक लागेको रिपोर्टहरू मिचेललाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

स्थानीय समाचार वेबसाइट न्युज डट कमका अनुसार क्वीन्सल्याण्डको सामुदायिक स्वास्थ्य केन्द्र (क्वीन्सल्याण्ड हेल्थ)ले घाइते सबैलाई केअर्स अस्पतालमा लगिएको थियो । घाइतेको अवस्था सामान्य रहेको छ ।

क्वीन्सल्याण्ड एम्बुलेन्स सेवाका ब्रिना किटिङ्ले दुर्घटनामा भाइते भएकामध्ये एक जनाको हातमा तथा अर्काको टाउकोमा गम्भीर चोट लागेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖