• Monday 5th of October 2026

अभिनेता जीवन लुइँटेलले सन्दीप लामिछानेको समर्थन गरेपछि भाँडिए समर्थक


  • धनकुटा खबर
  • .

काठमाडौँ। बलात्कार मुद्दामा दोषी ठहर भई सजायसमेत जिल्ला अदालत काठमाडौँले आठ वर्ष कैद सजाय तोकिसकेका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा हाल अमेरिकामा रहेका अभिनेता जीवन लुइँटेलले सामाजिक सञ्जालमार्फत समर्थनको पोस्ट गरेपछि उनका समर्थक भाँडिएका छन् ।

लामिछानेले सजाए सुनेको भोलिपल्ट लुइँटेलले अन्धा कानुनका बेल्सहरुलाई बलले ठोक्नुपर्छ भन्ने वक्तव्य दिएका छन् । उनले लेखेका छन्, “तिम्रो यही डल्लाले ठोक्नुपर्छ अन्धा कानुनका बेल्सहरु डब्ल्युके भन्दा धेरै पर र फुटाउनु पर्छ असमानताका स्ट्म्पहरु!!” उनले ह्यासट्याग दिँदै लेखेका छन्, ‘जस्टिसफरस्यान्डी’ ।

उनको यो पोस्टले लामिछानेलाई फसाइएको भन्ने आशय देखिन्छ । तर, अदालतले तथ्य, प्रमाण, वादी–प्रतिवादीका बयान र संसदले बनाएको कानुनको आधारमा लामिछानेलाई दोषी ठहर्‍याएको हो ।

अदालतले ८ वर्ष कैद सजायको निर्णय गरेका लामिछानेको पक्षमा वकालत गरेपछि समाजका प्रतिष्ठित व्यक्तिहरूले नै फौजदारी कानुन नबुझी आफूलाई मन पर्ने व्यक्तिको पक्षमा हल्का टिप्पणी गरेको प्रतिक्रिया आइरहेका छन् ।

जीवनको पोस्टमा एक सञ्जाल प्रयोगकर्ताले लेख्छन्, “प्रेम गरेर विवाह गरेकाहरूलाई नाबालिग बलात्कारको मुद्दा लाग्दा तपाईँहरूको आँखा फुट्छन् । होटेलमा लगेर रात राखेको कुरालाई चाहिँ त्यति हल्का । न्यायालय माथि नै धावा बोल्ने । पितृसत्तात्मक सोचको पराकाष्ठा । समाजमा यस्ता डबल र ट्रिपल स्ट्यान्डरका मान्छेहरू धेरै भएर देश बिग्रेको हो । शेम अन यु मिस्टर ।”

अर्का व्यक्ति लेख्छन्, “अहिले यो स्ट्याटस पढ्दै गर्दा यस्तो लाग्यो तिमि फिल्म क्षेत्रबाट चाँडै पलायन भयौ र फिल्मी क्षेत्र केही हदसम्म सुरक्षित भयो ।”

उनको पोस्टमा ‘जस्टिस फर सन्दीप लामिछाने’ भन्ने हरू र यसको विरोध गर्नेहरूबिच आपसमा भनाभन भएको पनि देखिन्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖