• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

४ जना मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ । बुढानीलकण्ठ नगरपालिका-१३ सापाटारमा सोही ठाउँ बस्ने भोजपुर घर भएकी ५० वर्षीया टिकामाया लिम्बु सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।

यता मकवानपुरको हेटौँडा उपमहानगरपालिका-२ संगमचोकस्थित मानिस नबस्ने पुरानो घरमा सोही उपमहानगरपालिका-५ सानोपोखरा बस्ने ४५ वर्षीय राजु गुरुङ आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका-४ पुलजिपस्थित त्रिशुली नदीको किनारमा भानु नगरपालिका-६ बस्ने ३१ वर्षीय सोम रोका सोमबार मृत अवस्थामा फेला परेका छन् ।

उता गोरखाको सिरानचोक गाउँपालिका-४ कृषिखोलास्थित खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖