• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको नामिबियाविरुद्धको खेलमा टस हारेर पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८० रन बनाएको हो ।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । कुशलले ५५ रन बनाएका थिए । त्यस्तै आरिफ सेखले महत्वपूर्ण ३१ रन बनाएका थिए भने गुलशन झाले २६, अनिल शाहले २३, दिपेन्द्र सिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १०, कारण केसीले ७ रन बनाएका थिए ।

त्यसैगरी नामिबियाका बेन शिन्कोंगोले सर्बाधिक ३ विकेट लिएका थिए भने ज्याक ब्रासेलले २ तथा जान निकोल इटन, रुबेन ट्रम्पेलम्यान र बेर्नार्ड स्कोल्जले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖