• Tuesday 6th of October 2026

अनन्त अम्बानीको बिहेमा प्रस्तुति दिन रिहानाले कति लिइन् पैसा?


  • धनकुटा खबर
  • .

विश्वकै धनाढ्यमध्ये एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहमा अमेरिकी गायिका रिहानाले प्रस्तुति दिँदैछिन्।

अनन्त र राधिका मर्चेन्टको विवाह १२ जुलाईमा हुँदैछ। तर यसअघि उनीहरूले प्री-वेडिङ समारोह राखेका छन्। यस समारोह १ मार्चदेखि ३ मार्चसम्म चल्नेछ।

मुकेशले आफ्नो जेठो छोरा आकाश अम्बानीको विवाहमा हलिउड गायिका बियोन्सेलाई प्रस्तुति दिन बोलाएका थिए। उनले आफ्नो कान्छो छोराको प्री-वेडिङ समारोहमा प्रस्तुति दिन रिहानालाई बोलाएका छन्।

आफ्नो प्रस्तुति दिन रिहाना बिहीबार जामनगर आइसकेकी छन्। यसको लागि उनले अम्बानी परिवारबाट महंगो पारिश्रमिक समेत लिएकी छन्।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनले ५२ करोड भारू पारिश्रमिक लिने भएकी छन्। अनन्त र राधिकाको प्री-वेडिङ समारोहको लागत करिब १ हजार करोड भारू बताइएको छ भने भोजको १६५ करोड भारू लागत छ।

राधिका एनकोर हेल्थकेयरका सिइओ वीरेन मर्चेन्टकी छोरी हुन्। ४ वर्ष प्रेम सम्बन्धमा रहेका अनन्त र राधिकाले २०२२ मा इन्गेजमेन्ट गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖