• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अविनाश बोहराले लिए नेदरल्यान्ड्सको तेस्रो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको मंगलबार जारी फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

डच टोलीको तेस्रो विकेट अविनाश बोहराले लिएका हुन् ।

उनले विक्रमजित सिंहलाई कुशल मल्लद्वारा क्याच गराएका हुन् । पेभेलियन फर्किनुअघि बिक्रमजितले २३ बलमा तीन छक्काको मद्दतले २९ रन बनाएका थिए ।

१५.२ ओभरमा विक्रमजित आउट हुँदा नेदरल्यान्ड्सले एक सय ३४ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖