• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालले टस हार्‍यो, विवेक र अनिल बेन्चमा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालले पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ए (वल्भ्सविरुद्ध) टस गरेर पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आजको खेलमा प्रतिश जि.सी, विवेक यादव, अनिल कुमार साह र आकाश चन्दलाई बेन्चमा राखेको छ ।

नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ ।नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।

आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन् । सिनियर टोलीका पिटर मुर, ग्यारेथ डेलानी र बेन ह्वाइट जस्ता स्टार खेलाडी आयरल्यान्डका मुख्य हतियार हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖