• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपाल र आयरल्यान्ड ‘ए’ बिचको दोस्रो खेल आज


  • धनकुटा खबर
  • .

काटमाठौँ । नेपालको राष्ट्रिय टोली र आयरल्यान्ड ‘ए’ बिचको दोस्रो टी–२० खेल आज हुँदै छ । खेल दिउँसो १ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६।१ ओभरमै केवल चार विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो ।

आयरल्यान्ड ‘ए’ सँग दुईवटा टी–२० खेलेर नेपाली राष्ट्रिय टोली भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक शृङ्खला खेल्न त्यसतर्फ प्रस्थान गर्नेछ ।

भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय टोलीले गुजरात र बरोडाको टोलीसँग त्रिकोणात्मक शृङ्खला खेल्नेछ । त्यसपछि नेपालको ‘ए’ टोलीले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ सँग टी–२० र एकदिवसीय प्रतियोगिता खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖