• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

दोस्रो खेलमा पनि नेपालले आयरल्यान्ड ‘ए’ लाई हरायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । दोस्रो टी-२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ७१ रनको फराकिलो अन्तरले हराएको छ ।

शृंखलामा नेपालको यो दोस्रो जित हो । यसअघि सोमबार खेलिएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो ।

ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले भने १८.३ ओभरमा अलआउट हुनुअघि एक सय २७ रनमात्र बनाउन सक्यो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖