• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

गुजरात टाइटन्सविरूद्ध लखनउ सुपर जायन्ट्सको रोमाञ्चक जित


  • धनकुटा खबर
  • .

इन्डियन प्रिमियर लिग (आइपिएल)मा लखनउ सुपर जायन्ट्सले गुजरात टाइटन्सविरूद्ध रोमाञ्चक जित निकालेको छ।

गएराति अटल बिहारी वाजपेयी इकना क्रिकेट स्टेडियममा १६३ रनको योगफल बनाएको लखनउले गुजारतविरूद्ध ३३ रनको रोमाञ्चक जित निकालेको हो।

१६४ रनको लक्ष्य पछ्याएको गुजरातलाई लखनउले १८.५ ओभरमै अलआउट गर्दा यश ठाकुरले ५ विकेट लिए। क्रुनाल पाण्डेले ३ तथा नवीन उल हक र रवि बिस्नोईले १/१ विकेट लिए।

गुजरातका लागि साइ सुदर्शनले २३ बलमा ४ चौकाको मद्दतबाट ३१ रन जोडे। कप्तान शुभमन गिल २१ बलमा २ चौका प्रहार गरी १९ रन बनाएर आउट भए।

रवि टेवाटियाले ३०, विजय शंकरले १७ र दर्शन नालकन्डेले १२ रनमात्रै जोडे। रसिद खना शून्य, केन विलियमशन १ तथा बेलुर रवि शरथ र उमेश यादव २ रन बनाएर आउट भए। नूर अहमद ४ रन बनाएर आउट हुँदा लखनउ ३३ रनले विजयी भएको हो।

घरेलु मैदानमा पहिले ब्याटिङ गरेको लखनउका लागि मार्कश स्टोइनिसले अर्धशतक बनाए । उनले ४३ बलमा ४ चौका र २ छक्का प्रहार गरी ५८ रनको योगदान गरे।

कप्तान केएल राहुलले ३१ बलमा ३ चौकाको मद्दतले ३३ रन जोडे भने निकोलश पुरन २२ बलमा ३ छक्का प्रहार गरी ३२ रन बनाएर नट आउट रहे। आयुश बदोनीले ११ बलबाट २० रन जोडे।

ओपनर क्विन्टन डिकक ६ र देवदत पाडिकल ७ रन बनाएर आउट भए।

लखनउले आइपिएलको जारी सिजनमा ४ खेलमध्ये ३ खेलमा विजयी हुँदै अंक तालिकाको तेस्रो स्थानमा छ।
पाँच खेल खेलिसकेको गुजरात ३ खेलमा पराजित हुँदै सातौं स्थानमा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖