• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

आईपीएलमा आज दुई धाकड टिमबीच भिडन्त, कसले मार्ला बाजी?


  • धनकुटा खबर
  • .

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज चेन्नई सुपर किङ्ग्स र कोलकोत्ता नाइट राइडर्सबीच भिडन्त हुने भएको छ।

चेन्नईको चेपकस्थित एमए चिदम्बरम स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

ऋतुराज गायक्वाडको कप्तानीमा रहेको चेन्नई र श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ताबीचको आजको खेल निकै रोमाञ्चक हुने आँकलन गरिएको छ।

दुबै टोलीका नयाँ कप्तानबीच हुने आजको खेलमा कसले बाजी मार्ला भन्ने हेर्नका लागि पनि दर्शकहरू निकै उत्साहित छन्।

जारी सिजनमा पछिल्ला दुबै खेल गुमाएको चेन्नई आजको खेलमा जित निकाल्दै आफूलाई अङ्क तालिकामा सुधार्न चाहन्छ। हालसम्म ४ खेलमध्ये २ मा जित निकाल्दै चेन्नई अङ्क तालिकाको चौथो स्थानमा रहेको छ भने ३ खेल खेलेको कोलकोत्ताले सबैमा जित हात पारेको छ। र, अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ।

चेन्नई पाँच टकको उपाधि विजेता हो भने कोलकोत्ताले हालसम्म २ पटक मात्रै उपाधि जितेको छ। दुबै टोलीमा निकै दमदार खेलाडीहरू छन्। कोलकोत्ताका ओपनर सुनिल नरेन, फिल साल्ट, वेंकटेश अय्यर, श्रेयस अय्यर, आन्द्रे रसेल, हर्षित राना र रिंकु सिंह जस्ता धाकड खेलाडी छन् भने चेन्नईमा मुस्ताफिजुर रहमान, मोइन अलि, ऋतुराज गायक्वाड, शिवम दुवे, महेन्द्रसिंह धोनी, रविन्द्र जडेजा जस्ता अनुभवी र दमदार खेलाडी छन्। जसले गर्दा पनि आजको खेल हेड टु हेडको हुनेछ।

पछिल्ला २ खेल गुमाएको चेन्नईले आजको खेलमा बेबी मलिङ्गा भनिने तीव्र गतिका बलर मथिशा पथिरानालाई प्लेइङ्ग ११ मा समावेश गर्न सक्छ भने मोइन अलिलाई पनि स्थान दिन सक्छ। तर, आजको खेलमा पनि गत मुस्ताफिजुर रहमान नखेल्ने सम्भावना रहेको छ।

आजको खेलमा जित निकाल्न चेन्नईका लागि सहज भने हुने छैन। कोलकोत्ताको धाकड खेलाडीहरूका सामने चेन्नईको पछिल्लो प्रदर्शनका कारण केही तनाव भने हुने देखिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖