• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

एसिसि कपको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मलेसियासँग भिड्दै नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत २६ । एसियन क्रिकेट काउन्सिल (एसिसि) ले एसिसि मेन्स प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको छ।

अप्रिल १२ बाट ओमानमा सुरु हुने एसिसि मेन्स प्रिमियर कपमा नेपालसहित ओमान, बहराईन, कम्बोडिया, साउदी अरब, कुवेत, युनाइटेड अरब इमिरेट्स, मलेसिया, कतार र हङकङले सहभागिता जनाउने छन्।

तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल १२ अप्रिलमा मलेसियासँग दिउँसो ४ः१५ बजेबाट ओमानमा खेल्नेछ । यस्तै दोस्रो खेलामा नेपलले कतारसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र कतारबीचको खेल १३ अप्रिलमा ४ः१५ बजे नै सुरु हुनेछ।

त्यस्तै अर्को खेलमा नेपालले हङकङसँग १५ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ। यो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ। १७ अप्रिलमा नेपालले साउदी अरबसँग खेल्ने छ। यो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖