• Sunday 18th of October 2026

सपनामा यी देवी-देवता देख्नु मानिन्छ अत्यन्त शुभ, हुन सक्छ यस्ता संकेतहरु !


  • धनकुटा खबर
  • .

हरेक व्यक्तिले सुतेको समयमा सपना देख्नु एक सामान्य कुरा हो। हरेक दिन हामीले देखेको सपनाले हाम्रो जीवनमा ठूलो प्रभाव पार्ने गर्छ। प्राय मान्छेहरुले निन्द्राबाट बिउझिंदा आफूले देखेका सपनाहरु बिर्सिने गर्छन।त्यसैले उनीहरुलाई सपनामा देखेका कुराहरुले जीवनमा पारेको असरबारे थाहा हुँदैन।ज्योतिष शास्त्रका अनुसार हरेक सपनको केही अर्थ रहने गर्छ र यसले कुनैपनि व्यक्तिको भविष्यको संकेत गर्ने गर्छ। आज हामी तपाईहरुलाई सपनामा यी देवी देवताहरु देखेमा कस्तो फल मिल्छ भन्ने बारे जानकारी गराऊँन जाँदै छौँ।

भोलेनाथ : भगवान शिवलाई भोलेनाथको रुपमा पनि पूजिने गरिन्छ र मान्यता अनुसार उनी सजिलैसँग प्रसन्न हुने देवता मानिन्छ। यहि मान्यता अनुसार धेरै व्यक्तिहरुले सोमबारको दिन भागवान शिवको ब्रत बसी बिधिवत रुपमा पूजा आराधना गर्ने गर्दछन्।यसरी धार्मिक रुपमा ठूलो महत्व बोक्ने शिवजीलाई सपनामा देख्नु भए भने विहान उठेर पूर्ण शरिर नुहाएर चोखो कपडा लगाई नजिकको शिव मन्दिरमा गएर विधिवत रुपमा पूजा गर्न आवश्यक हुन्छ। यसो गर्दा तपाईका हरेक इच्छा चाहना पूरा हुने र जीवनमा ठूलो सफलता मिल्ने विश्वास छ।

श्रीकृष्ण : हातमा मुरली ,शिरमा मयूरको प्वाख ,शितल बगैंचामुनी जीवजन्तुहरुको साथमा गोपिनीहरुको मायामा बाँसुरीको मिठो धूनको वातावरणमा विराजमान भगवान कृष्ण हिन्दू धर्मावलम्बीहरुमा निकै प्रिय र शक्तिशाली भगवानको रुपमा मानिने गरिन्छ।यदि यी तपाईले यस्ता शक्तिशाली भगवान श्रीकृष्णलाई राती सपनामा देख्नु भयो भने प्रिय व्यक्तिसँग निकट भविष्यमा भेट हुने संकेत रहनेछ। यसको अर्को अर्थ यस्तो छ कि तपाईले असल जीवन साथी पाउन सक्नुहुन्छ र प्रेमिका सँगको सम्बन्ध पनि गाढा बन्दै जानेछ।

माता दुर्गा : हिन्दू शास्त्र अनुसार, पुज्य ९ देवीहरु मध्य एक हुन् माता दुर्गा। यदि तपाई राती सुतेको समयमा दुर्गा मातालाई सपनामा देख्नुभयो भने आफू र आफ्नो परिवारका सदस्यहरुमा रहेको सम्पूर्ण रोगहरु नष्ट भएर जानेछ। तपाईको प्रगतिका सम्पूर्ण बाटाहरु खुल्नेछन् र जीवन सुखमय हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖