• Sunday 18th of October 2026

अरुण नदी किनारमा पहिचान नखुलेको शव भेटियो


  • धनकुटा खबर
  • .

संखुवासभाको चैनपुर नगरपालिका–१० दमकट्टा स्थित अरुण नदीमा पहिचान नखुलेको एक पुरूषको शव भेटिएको छ । चैनपुर–१० दमकट्टामा एक जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरिक्षक अशोक जबेगुले जानकारी दिनुभयो ।

प्रहरी निरिक्षक अशोक जबेगुका अनुसार शनिबार साँझ नामथर, वतन नखुलेको उचाई अन्दाजी ५ फिट, दायाँ नाडीमा अंग्रेजी अक्षरमा एमएलआईवाई जस्तो देखिने ट्याटु भएको पुरूषको शव फेला परेको हो ।

शव अन्दाजी ४० वर्षको पुरुषको भएको प्रहरीले जनाएको छ । आइतबारसम्म मृतकको पहिचान खुल्न सकेको छैन । शवको प्रकृति हेर्दा ५ दिन पुरानो हुनसक्ने जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । शव जिल्ला अस्पताल संखुवासभामा पोस्टमार्टमका लागि ल्याइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖