• Sunday 18th of October 2026

जब भयानक दुर्घटनाबाट घाइते भएका बेहुलाले उठेर भरे बेहुलीको सिउँदो…


  • धनकुटा खबर
  • .

जिरी (दोलखा) । दोलखाको भीमेश्वर नगरपालिकाका शुसील थामी र सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाकी प्रविशा थामीबीचको प्रेम सम्बन्ध विवाह बन्धनमा बाँधिदै थियो । यही वैशाख ७ गते शुक्रबारको कुरा हो भीमेश्वर नगरपालिका–१ सुस्षाक्षमतावतीका शुसील विहानै उठेर ५५ जना जन्ती सहित बस रिजर्भ गरेर सिन्धुपाल्चोक प्रस्थान गर्दै थिए । धेरै जनाको संख्यामा त्यही पनि यात्रुवाहक बसमा ! विहान करिब ३ बजेकोे झिसमिसेमै बेहुली लिन हिँडेका उनीहरुमा हर्ष र उमंग थियो ।

उज्यालोको किरण छाउँदै गर्दा निकै रमाइलो यात्रामा रहेका उनीहरुले दोलखा पार गरी मुडे हुँदै सिन्धुपाल्चोक प्रवेश गरे । बेहुलीको घर करिब १५ मिनेटको दुरीमा थियो । त्यही बेला एक्कासी त्रिपुरा सुन्दरी गाउँपालिका–५ धारावतीस्थित तौथलीमा बेहुला र जन्ती बोकेको बस दुर्घटनामा परेको हृदयविदारक खबर आयो । बेहुली र बेहुलीको घर परिवार बेहुला र जन्तीको पर्खाईमा थिए । जहाँ स्वागतको तयारी चलिरहेको थियो । विवाहको त्यो रमाइलो माहोल रहेको बेहुलीको घरमा दुर्घटनाको खबरपछि एकै झट्कामा सन्नाटा छायो । यता दुर्घटनामा तीन जनाको मृत्यु भइसकेको थियो । बेहुला पनि दुर्घटनामा पल्टेको गाडीसँगै पल्टिन पुगे ।

दुर्घटनामा बेहुला सहित ५२ जना घाइते भए । ३ जनाको मृत्यु हुँदा ७ जनाको अवस्था गम्भीर थियो । भाग्यवश बेहुला शुसीलको अवस्था गम्भीर हुनबाट बच्योे । गालाभरी रातो दाग, शरीरमा दुर्घटनामा ठोकेको दुखाई सहेर बेहुला बेहुलीको छेउमा गएर टुसुक्क बसे । उनीहरुले विवाहको सबै विधि पुरा गरे । अन्ततः बेहुलाले बेहुलीको सिउँदो रङग्याइदिए ।

दुर्घटनामा बेहुला सहित ५२ जना घाइते भए । ३ जनाको मृत्यु हुँदा ७ जनाको अवस्था गम्भीर थियो । भाग्यवश बेहुला शुसीलको अवस्था गम्भीर हुनबाट बच्योे । उनको अनुहार र भित्री शरीरमा चोट लागेको थियो । दुर्घटनामा परेर घाइते भई झस्किएका उनलाई छाँगाबाट झरेझैै भयो । केही समय त उनले केही सोच्नै सकेनन् । घटना, मृत्यु र आफ्नो अवस्थाले विक्षीप्त बनेका उनी अलमलमा परेका थिए । अवस्था देख्दा कहालीलाग्दो थियो । तर, उनी उठेर हिड्न सक्ने अवस्थामा थिए ।

सोही क्रममा तीन जनाको शवलाई पोष्मार्टमको लागि दोलखा सदरमुकामस्थित पशुपति चौँलागाई स्मृति अस्पतालमा पठाइयो । सामान्य घाइतेलाई पनि उपचारका लागि चरिकोट फर्काइयो । गम्भीर घाइतेलाई काठमाडौं पठाइयो । भैपरि आएको अवस्था र भवितव्यलाई सामना गर्दै उनले विवाह नरोक्ने अठोट गरे । मृत्युको मुखबाट फर्केका शुसील र उनकी आमा र बाँकी सामान्य अवस्थाका जन्तीहरु बेहुलीको घर पुगेपछि विवाहको विधि अघि बढ्यो । गालाभरी रातो दाग, शरीरमा दुर्घटनामा ठोकेको दुखाई सहेर बेहुला बेहुलीको छेउमा गएर टुसुक्क बसे । उनीहरुले विवाहको सबै विधि पुरा गरे । अन्ततः बेहुलाले बेहुलीको सिउँदो रङग्याइदिए ।

दुर्घटनामा घाइते भएका शुसीलले ४/५ वर्ष अघि देखिको आफ्नो प्रेमलाई विवाह बन्धनको डोरोमा बाँधेरै छाडे । विवाह भयो तर, दुर्घटनाले निम्त्याएको परिणामले विवाहको रमझम शोखमा परिणत भयो । जन्ती गएका भीमेश्वर नगरपालिका–१ का मानबहादुर थामीको आज र दिपेन्द्र थामी र शिव श्रेष्ठको हिजो दाहा संस्कार गरियो । दुई बालक र एक पुरुषको दुर्घटनामा मृत्यु भएपछि अहिले सुस्पाक्षमवती गाउँ नै शोकमा डुबेको छ ।-सिर्जना गेले/हाम्रो अपडेट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖