• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

दीपेन्द्रसिंह ऐरीले लिए वेस्ट इन्डिजको सातौँ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । घरेलु टोली नेपालविरुद्ध आइतबार जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डि ‘ए’ ले आफ्नो सातौँ विकेट गुमाएको छ । वेस्ट इन्डिजको सातौँ विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । उनले वेस्ट इन्डिजका विकेटकिपर ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई लोकेश बमद्वारा क्याच गराए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका फ्लेचरले पेभेलियन फर्किनुअघि ४३ रन बनाएका थिए । उनले ३६ बलको सामना गरी तीन छक्का पनि हिर्काएका थिए । १७.५ ओभरमा उनी आउट हुँदा वेस्ट इन्डिजले एक सय १५ रन बनाएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । यसअघि शनिबार खेलिएको पहिलो टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖