• Monday 19th of October 2026

ह्वात्तै घट्यो सुनको मूल्य, कति छ तोलाको ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज (शुक्रबार) सुनको भाउ घटेको छ ।

बिहीबार प्रतितोला १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

तेजाबी सुनको मूल्य पनि घटेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारेबार भइरहेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖