• Wednesday 7th of October 2026

हात्तीपाइले रोगविरुद्धको औषधी सेवनलगत्तै एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ वैशाख । हात्तीपाइले रोगविरुद्धको औषधी सेवनलगत्तै एक जनाको मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिका– १ निवासी ६५ वर्षिया महिलाको हिजो साझ हात्तिपाईले रोगबिरुद्धको औषधी सेवनलगत्तै मृत्यु भएको बताइएको छ ।

भद्रपुर–१ का वडा सदस्य टीकाप्रसाद भण्डारीले हात्तिपाईले रोगविरुद्धको औषधी खाएको केही समयपछि एक जनाको मृत्यु भएको पुष्टि गरे । ‘औषधि खाएको केही समयपछि एक जनाको मृत्यु भएको छ । अहिले पोष्टमार्टमका लागि धरानको घोपा क्याम्प लगिएको छ,’– रिपोर्टर्स नेपालसँगको फोन संवादमा उनले भने ।

औषधी सेवनलगत्तै स्वास्थ्यमा समस्या आई अस्पताल लाने क्रममा निधन भएको परिवार स्रोतले बताएको छ । उक्त घटनालगत्तै स्वास्थ्य मन्त्राालयको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖