काठमाडौँ । देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुर, बेदकोट नगरपालिका-१० चतहरी बस्ने २३ वर्षीय विशाल कामी आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
ताप्लेजुङ, सिरिजङ्घा गाउँपालिका-८ याम्फुदिन बस्ने ४१ वर्षीय पदम कुमार राई सोही ठाउँस्थित लामी डाँडा भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
बर्दिया, राजापुर नगरपालिका-१० झप्टी बस्ने ४२ वर्षीया ठुलिमाया तामाङ आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
रोल्पा, रोल्पा नगरपालिका-२ र ६ को सिमाना पर्ने माडी खोलामा सोही नगरपालिका-४ लिवाङ बस्ने १८ वर्षीय भुवन कवर शनिबार मृत अवस्थामा फेला परेका छन् ।
बाजुरा, स्वामीकार्तिक खापर गाउँपालिका-२ लामवाडास्थित कर्णाली नदीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
रसुवा, गोसाईंकुण्ड गाउँपालिका-१ पेलदानखर्कस्थित भिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
