• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अल वेहडामाथि अल नासर ६-० ले विजयी, रोनाल्डोको ह्याट्रिक


  • धनकुटा खबर
  • .

एजेन्सी । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल वेहडालाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल वेहडालाई ६-० गोल अन्तरले अपराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए ।

त्यस्तै ओटाभियो, सडियो माने र मोहमद अल फाटिलले एक एक गोल गरेका थिए । रोनाल्डोले यस सिजनको लिगमा अहिलेसम्म कुल ३२ गोल गर्दै लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । उनले यस सिजनको लिगमा सबैभन्दा बढी ४ ह्याट्रिक गरेका छन् ।

यो जितसँगै अल नासरको ३० खेलमा ७४ अंकसहित दोस्रो स्थानमा रहेको छ । यस सिजनमा अल हिलाल अपराजित रहदै शिर्ष स्थानमा रहेको छ । त्यसैगरी अल वेहडाको भने ३० खेलमा ३२ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖