• Monday 19th of October 2026

भेलु बाजेले सिकाएको जीवनमा श्रीमतीको महत्व


  • धनकुटा खबर
  • .

जीवनमा श्रीमतीको महत्व कति हुने रहेछ मिन बहादुर बुढाले पछिल्लो ६ महिनामा भोगेको दुखले बताउछ ।

करिव ६ महना अघि उनले श्रीमती गुमाएका थिए, हिजो मात्र उनि आफै यो संसार छोडेर गए । एकसमय उनले एक्लो हुनुको पिडा रुदै भनेका थिए — “मेरो घर पिठो पनि छ, चामल पनि छ, चिनी छ, चियापति छ, सबै छ । तर मैले खाएकै छैन । मलाई घर जानै मन लाग्दैन । जाँदै जान्न ।”

एउटा श्रीमानलाई श्रीमती नहुँदा अनि सन्तानलाई आमा नहुँदा घर घर जस्तै लाग्ने रहेनछ ।

उराठलाग्दो बिरानो लाग्ने रहेछ । सँगै रहदासम्म मिनबहादुरको श्रीमतीले श्रीमानप्रति गुनासो गर्दै बाँचिन। तर उनले कहिल्यै गम्भीर भएर लिएनन् । एक दिन जब सधैँको लागि टाढा भइन, त्यो बेला जब मिन बहादुरलाई त्यो अभाव महसुस भयो त्यो बखत उनले भनेका थिए, ‘म पनि अब धेरै दिन रहदीनहोला ।’…यसैले माया साँचेर नराख्नुस ।

जति छ, माया गर्नुस, माया दिनुस् । माया दिएर सकिँदैन, जति बढ्नुहुन्छ उति बढ्छ । बरु समय छदै बाढ्नुस, भोलि बाचिन्छ या बाँचिँदैन कल्लाई के थाहा ?!

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖