एजेन्सी । संसारमा कयौं त्यस्ता रेष्टुरेन्ट तथा होटल छन् जहाँ विभिन्न समयमा विभिन्न अफर दिइएको हुन्छ । हालै मात्र चीनको यस्तो एउटा रेस्टुरेन्टको भिडिओ भाइरल भइरहेको छ ।
चीनको उक्त रेष्टुरेन्ट अफर यस्तो छ कि तपाईं जति पातलो वा दुब्लो हुनुहुन्छ त्यति नै धेरै डिस्काउन्ट पाइनेछ । आफ्नो दुब्लोपना सावित गर्नका लागि त्यहाँ लगाइएका फलामका रडको बीचबाट निस्किएर देखाउनुपर्नेछ ।
सबैभन्दा पहिलो स्टेप पास गर्दा पाँच प्रतिशत डिस्काउन्ट पाइनेछ । यसरी अर्को स्टेपसँगै फलामका रडको बीचको दुरी कम हुँदै जानेछ । जहाँ एकदमै पातला व्यक्ति मात्र छिर्न सक्नेछन् । अन्तिम स्टेपसम्मको रड पास गर्न सक्यो भने होटलमा खाएवापत पुरै छुट हुनेछ ।
यो भिडिओ पुरानो भएपनि एकपटक फेरि भाइरल भइरहेको छ । जहाँ एक जना युवतीले रडबाट छिर्दै गरेको र अन्य ग्राहकले हेर्दै हाँसिरहेका छन् ।
