• Monday 19th of October 2026

मोबिलमा आगो लाग्छ कि लाग्दैन भनेर लाइटर सल्काउँदा भएको थियो ग्वार्कोमा आगलागी


  • धनकुटा खबर
  • .

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित रौतहटका सन्जय गिरी बस्दै आएको टहरोमा आगलागी हुँदा संजयका परिवार नै गम्भीर घाइते हुन पुगेका छन् ।

लामो समयदेखि टहरोमा बसेर विभिन्न सवारीको डढेको मोबिल संकलन गर्ने काम गर्दै आएका गरी परिवार नै आगोले जलेका छन् । संजयसहित उनकी श्रीमती रूपा गिरी, छोरीहरू ८ वर्षीया प्रिया र ३ वर्षीया छोरी एलिसासहित भतिजा १५ वर्षीय नित गिरी घाइते भएका हुन् । घाइतेमध्ये संजय र दुबै छोरीको अवस्था गम्भीर गरेको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए ।

उनीहरू सबैको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले संजयका १५ वर्षीय भतिजा नित गिरीले संजय र उनकी श्रीमतीले ड्रममा खन्याउँदै गरेको मोबिलमा आगो लाग्छ कि लाग्दैन भनेर लाइटर सल्काउँदा आगलागी भएको खुलेको छ ।

आगोले पुरै टहरा जलेको छ । घाइते रूपा गिरीको भनाइ उद्धृत गर्दै एसएसपी खनालले भने, “सोधपुछमा रूपाले नै भजित नितले हामीले ड्रमको मोबिल खन्याउँदा आगो लाग्छ कि लाग्दैन भनेर सल्कायो त्यहीँबाट आगलागी भएको हो ।”

आगो निभाउन पाँच दमकल प्रयोग गरिएको थियो । मोबिलमा लागेको आगो पानीले समेत ननिभेपछि केमिकल प्रयोग गरे निभाउनु परेको एसएसपी खनालको भनाइ छ ।-बाह्रखरी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖