• Monday 19th of October 2026

बलात्कार मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । बलात्कार मुद्दामा फरार अभियुक्तलाई प्रहरीले कास्कीको पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका–७ घर भएका पूर्णबहादुर गुरुङ छन् ।

३७ वर्षीय गुरुङलाई १६ वर्षपछि पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए ।

कास्की जिल्ला अदालतले २०७९ कार्तिकमा उनलाई ११ वर्ष कैद र २५ हजार जरिवाना तथा २ हजार दुई सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको थियो ।

उनी पोखरा महानगरपालिका–१५ स्थित क्रान्तिटोलमा बस्दै आएका थिए । प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖