• Monday 19th of October 2026

यसरी ओलीका ‘छोरी’हरु बालकोटमा, घरकै आँगनमा फुटबल खेले


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेका हुम्ला र मुगुका बालिकाहरु ओली निवास बालकोट आउजाउ गरिरहन्छन् ।

काठमाडौँमै पठनपाठनको व्यवस्था गरिएका उनीहरुलाई ओलीले ‘छोरी’ सम्बोधन गर्छन् भने व्यवस्त समयका बाजजुत उनीहरुलाई समय दिइरहन्छन् ।

यस्तैमा मुगु र हुम्लाका छोरीहरु आइतबार पनि उनलाई भेट्न बालकोट पुगेका थिए ।

ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत हुम्ला र मुगुका छोरीहरुसँग भेट भएको भन्दै एक तस्बिर प्रकाशित गरेका छन् । ओलीका अनुसार ती बालिकाहरु कोही कक्षा ६ मा, कोही ५ मा र कोही १ मा पढ्छन्।

ओलीले उनीहरूसँग एकछिन् घरकै आँगनमा फूटबल खेलिएको भन्दै रमाइलोसँग दिन बितेको जानकारी गराएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖