• Monday 19th of October 2026

नागार्जुनमा चोरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका-९ दुर्गा कोलोनी नजिक आइतबार बेलुकी चोरी भएको छ ।

कोलोनी नजिक डेरा गरी बस्ने इलाम शान्तिडाँडा घर बताउने ४० वर्षीया साबित्री दाहालको कोठामा चोरी भएको हो ।

कोठाको ढोका फोडेर नगद २ लाख ५१ हजार रुपैयाँ र मोबाइल १ थान आइतबार बेलुकी चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖