• Monday 19th of October 2026

यसरी क्रिकेट बलले गुप्ताङ्गमा लागेपछि ११ वर्षीय बालकको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । क्रिकेट बलले गुप्ताङ्गमा लागेपछि छिमेकी मुलुक भारतको पुणेमा एक ११ वर्षीय बालकको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमहरूको अनुसार यो सम्पूर्ण घटना सीसीटीभीमा रेकर्ड समेत भएको छ ।

रिपोर्टका अनुसार मृतक बालक शौर्यले बलिङ गरिरहेको अवस्थामा ब्याट्सम्यानले बललाई ट्याकल गरेको र सो बल सौर्यको गुप्ताङ्गमा लागेर ढलेको सीसीटीभीमा देख्न सकिन्छ ।

घटना लगत्तै शौर्यका साथीहरूले उनलाई ‘रिभाइभ’ गर्न प्रयास पनि गरेका थिए ।

घटनाको केही समय भित्रनै शौर्यलाई एक निजी अस्पतालमा लगिएको र त्यहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖