• Monday 19th of October 2026

श्रीमतीको अश्लिल तस्बिर खिचेर सालोलाई पठाएपछि…


  • धनकुटा खबर
  • .

सिंगापुरमा श्रीमतीको अश्लिल तस्बिर खिचेर सालो भाइलाई पठाउने श्रीमानलाई जेल सजाय भएको छ।

४६ वर्षीय पुरूषले आफ्नी श्रीमतीसँग गरेको भिडिओ कलका क्रममा खिचेको तस्बिर (स्क्रिनसट) सालो भाइलाई पठाएको पाइएको हो।
‘यौन व्यवसायी’, ‘सुँगुरका बच्चा’ जस्ता अपशब्द मेसेज लेखेर उक्त तस्बिर सालोलाई पठाएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।
ती पुरूषविरूद्ध अन्य कसुरहरूमा पनि सजाय भएको छ।

पोष्टको समाचारका अनुसार महिलामाथि घरेलु हिंसा समेत हुने गरेको थियो।

गत वर्ष जुन १ मा ती पुरूष आफ्ना साथीहरूसँग मदिरा सेवन गर्न गएका थिए। घर फर्किंदा आफ्नी श्रीमतीसँग झगडा गरेका थिए। त्यही विवादका क्रममा उनले ४१ वर्षीया श्रीमतीमाथि कुटपिट गरे।

लगत्तै श्रीमतीले बिहान २:४५ बजे प्रहरीलाई बोलाएकी थिई। त्यसपछि दुई जना प्रहरी घटनास्थलमा पुगेका थिए।

‘साढे ३ बजेतिर प्रहरी फर्किन लागेका थिए। श्रीमानले ढोका बन्द गरेलगत्तै श्रीमतीमाथि हात हाले। श्रीमती कराएपछि प्रहरीले श्रीमानलाई पक्राउ गरेको थियो,’ सरकारी वकिल टिमोथिउस कोहले भनेका छन्।

त्यस घटनाको केही महिनापछि सेप्टेम्बर १५ मा महिलाका भाइले उनलाई फोन गरेका थिए। अश्लिल तस्बिर र अपशब्द बोलेर गालीगलौज गरी मेसेज पठाएको भन्दै भाइले जानकारी दिएका थिए।

त्यसैगरी नोभेम्बर २५ मा श्रीमान मापसे गरी भ्यान चलाएको अवस्थामा भेटिएका थिए।

यी मुद्दाको सुनुवाइ गर्दै सिंगापुर अदालतले सोमबार उनलाई ६ महिना ४ हप्ता जेल सजाय सुनाएको छ। त्यस्तै, ७ हजार ५ सय सिंगापुर डलर जरिवाना र ४२ महिना सवारी साधन चलाउन प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖