• Monday 19th of October 2026

मोटरसाइकल दुर्घटनामा पूर्व वडाध्यक्षको निधन


  • धनकुटा खबर
  • .

धनगढी, २४ वैशाख । मोटरसाइकल दुर्घटनामा परेर डडेल्धुराका पूर्ववडाअध्यक्षको निधन भएको छ।

कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा बस र मोटसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार डडेल्धुराको आलिताल गाउँपालिका–१ का करिब ५५ वर्षीय पूर्णबहादुर ऐरको मृत्यु भएको हो। उनी सोही वडाका पूर्व वडाध्यक्ष समेत हुन्।

उत्तरबाट दक्षिणतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १२८७ नम्बरको बस र सुदूरपश्चिम प्रदेश ०१०११ प ९४६७ नम्बरको विपरीत दिशातर्फ आइरहेको मोटरसाइकल एक आपसमा ठोक्नि पुगेको थियो। उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएकोमा ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बस चालक भने फरार छन्। उनको उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖