• Tuesday 20th of October 2026

काठमाडौंको थलीमा मृत फेला परेका पुरुषको खुल्यो पहिचान


  • धनकुटा खबर
  • .

काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ५ मा शंकास्पद अवस्थामा मृत फेला परेका पुरूषको पहिचान खुलेको छ।

मृतक पुरूष चाँगुनारायण नगरपालिका वडा नम्बर ५ छालिङका कृष्ण नगरकोटी भएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ।

मृतक ५२ वर्षीय नगरकोटीको साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान खुलेको हो।

नगरकोटी मंगलबार बिहान साढे पाँच बजेतिर मृत अवस्थामा फेला गरेका थिए। उनको शव मुलपानीबाट थलीतर्फ जाने सडकको बायाँतर्फको निर्माणाधीन पर्खालमा फेला परेको थियो।

उनको शव सडकबाट दस मिटरमुनि फेला परेको प्रहरीले जनाएको छ।

कपडाले मुख ढाकेको र रगत बगिरहेको अवस्थामा फेला परेको शव नजिकै दुईवटा ब्लेडसमेत फेला परेको थली प्रहरीले बताएको छ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖