• Tuesday 20th of October 2026

बोलेरो दुर्घटनामा सात घाइते


  • धनकुटा खबर
  • .

कालीकोट : कालीकोट शुभकालिका गाउँपालिकामा बोलेरो जीप दुर्घटना भएको छ । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं. ६ हाउडीमा जिप दुर्घटना हुँदा जीपमा सवार ७ जना घाइते भएका छन् । गम्भीर घाइते सात जनामध्ये तीन जनाको थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

दुर्घटनामा घाइते भएका पूजा शाही, देवदत्त आचार्य, विजया शाहीलाई हेलिकोप्टरमार्फत् सुर्खेत लगिएको शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मा शाहीले बताइन् । उपाध्यक्षले भनिन्, ‘सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिका आउँदै गरेको बोलेरो जीप वडा नं ६ को हाउडी खोलामा दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् ।’

अन्य घाइतेको भने जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले बताए । उनले भने एक जनाको अवस्था सामान्य रहेकाले गाउँमै उपचार गरिएको छ । घाइते हुनेहरू सबै वडा नं ६ हाउडीकै हुन् । कर्णाली प्रदेश ०२–००१ (च) ०७९७ नम्बरको गाडी दुर्घटना भएको हो ।

घाइते हुनेहरुमा शुभकालिका वडानं. ६ निबासी १८ वर्षीया पुजा शाही, २३ वर्षीया विजया शाही, २६ वर्षीय देउदत्त आर्चाय, ५४ वर्षीय तीर्थ खत्री,३२ वर्षीय ऐन बहादुर खत्री, २७ वर्षीय देवेन्द्र चौलागाई, अन्दाजी ५० वर्षीय टिउली शाही रहेका छन् । यो ग्रामीण सडकमा हालसम्म ४ वटा दुर्घटना भइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖