• Tuesday 20th of October 2026

चारधाम यात्रामा ५२ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

चारधाम यात्रा सुरु भएयता अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ । सञ्चारमाध्यामहरुका अनुसार बद्रीनाथमा १४, केदारनाथमा २३, गंगोत्रीमा ३ र यमुनोत्रीमा १२ जना भक्तजनको ज्यान गएको हाे ।

मे १० मा भारतले चारधाम यात्रा खुला गरेको थियो । यात्रा खुलाइए यता नै तीर्थयात्रीहरूको भिड थेगिनसक्नु भएको भन्दै केही दिनअघि मात्रै उत्तराखण्ड प्रदेशले चारधाम यात्राका लागि यो महिनाको अन्त्यसम्मका लागि नाम दर्ता प्रक्रिया बन्द गरेको थियो ।

हृदयाघातका कारण बद्रीनाथ धाममा दर्शन गर्न आएका आठ जना भक्तजनको मृत्यु भएको बताइएको छ । गएको १० वर्षमा केदारनाथमा ३५० तीर्थयात्रीको मृत्यु भएको आँकडा छ । यी मध्ये धेरैको मृत्युको कारण हृदयाघात थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖